शीर्षकहरू

एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तार, नाफा ५.३० प्रतिशतले वृद्धि

एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तार, नाफा ५.३० प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (साउन-पुस) अवधिमा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोष ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, रिटेन्ड अर्निङ ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटी ९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोष २८ करोड ७४ लाख, रिटेन्ड अर्निङ ८६ करोड ७० लाख र अन्य इक्विटी ९ करोड ८० लाख रुपैयाँ थियो ।

चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोष ५० अर्ब ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोष ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा जीवन बीमा कोषको आकार ११.९१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँको तुलनामा १२.४९ प्रतिशतले बढी हो । यस्तै, खुद बीमाशुल्क आर्जन ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले बढेको छ ।

५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.५४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १०.०१ रुपैयाँ थियो । कम्पनीको पीई रेसियो ४४.९४ गुणा र प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ ।