काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रेमको अवसर ‘भ्यालेन्टाइन डे’ लक्षित गर्दै विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस अफर अन्तर्गत टियागो इभीलाई २७.४९ लाख रुपैयाँको बजार मूल्यबाट सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपैयाँमा खरिद गर्न सकिनेछ। यो योजना सबै नयाँ टियागो इभी मोडलमा लागू हुनेछ।
कम्पनीका अनुसार, नयाँ प्रविधि र आधुनिक जीवनशैलीअनुकूल सवारी साधन रोज्न चाहने ग्राहकका लागि यो योजना उत्कृष्ट अवसर हो। सहरको भिडभाडमा सहज यात्रा, कम सञ्चालन खर्च र प्रिमियम फिचर्सका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडीहरूमा लोकप्रिय बन्दै आएको छ।
सिप्रदीका प्रतिनिधिले भने, “यो विशेष मूल्य अफर फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ। इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई लाभ लिन सक्नेछन्।”
आर्थिकन्यूज