काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ । सर्वाेच्चले विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेका हुन् । निलम्बित महानिर्देशक अधिकारीलाई विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गत मङ्सिर २१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
विशेषले थुनामा पठाएपछि अधिकारी त्यस विरुद्ध ७३ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका थिए । नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
आर्थिकन्यूज