इस्लामवाद । पाकिस्तानको राजधानी इस्लामवादमा रहेको शिया मस्जिदमा विस्फोट हुँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ । शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा कम्तीमा ४० जना भन्दा धेरैको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । जहाा २६० भन्दा बढी घाइते भएको बताइएको छ ।
विस्फोट टार्लाई क्षेत्रमा रहेको इमामबारगाह खदिजातुल कुब्रा मस्जिदमा भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । घटना लगत्तै इस्लामवादका तीन प्रमुख अस्पतालमा आपतकाल घोषणा गरिएको छ । यहाँ घाइतेहरूको उपचार जारी छ ।
घटनास्थलको प्रमाणित भिडियोमा मस्जिद परिसरभर जुत्ता छरिएको, मानिसहरू भुइँमा लडिरहेका तथा कतिपयले उद्धारका लागि गुहार गरिरहेको देखिन्छ । विस्फोटको कारण अझै आधिकारिक रूपमा पुष्टि भएको छैन । तर प्रारम्भिक रिपोर्टहरूका अनुसार यो आत्मघाती आक्रमण हुन सक्ने आशङ्का गरिएको छ ।
आर्थिकन्यूज