शीर्षकहरू

काठमाडौँमा ‘क्रिकेट फिएस्टा’: कोकाकोला नेपालद्वारा टी–२० विश्वकप खेल सार्वजनिक प्रदर्शन

काठमाडौँमा ‘क्रिकेट फिएस्टा’: कोकाकोला नेपालद्वारा टी–२० विश्वकप खेल सार्वजनिक प्रदर्शन

काठमाडौँ  । कोकाकोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँग साझेदारीमा आगामी फागुन ८ र १२ गते ‘क्रिकेट फिएस्टा’ कार्यक्रमअन्तर्गत नेपालका खेलहरूको सार्वजनिक प्रदर्शन गर्ने भएको छ।

कार्यक्रम तुँधिखेल र टिंकुनेमा आयोजना हुनेछ। दिउँसो १ बजेबाट प्रवेश खुला हुने र ३ बजेबाट खेल प्रदर्शन सुरु हुने छ। प्रवेश निःशुल्क रहनेछ।

म्याचअघि गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको लाइभ प्रस्तुति हुनेछ भने दर्शकहरूले विभिन्न ब्रान्ड गतिविधि र खेलमा सहभागी हुने अवसर पाउनेछन्।

कोकाकोलाले दर्शकलाई विशेष भिआइपी पास जित्ने अवसर पनि प्रदान गर्नेछ, जसका लागि आधिकारिक सामाजिक सञ्जालमार्फत सहभागिता जनाउन सकिनेछ।