काठमाडौं । काठमाडौं उपत्यकामा विशेष चेकजाँचका क्रममा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरी चलाइएका ८ मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालटार–डाँडागाउँ सडकखण्डमा गरिएको चेकजाँच र स्थानीय सूचनाको आधारमा तारकेश्वर नगरपालिका–८ मा दर्ता नगरी सञ्चालन भइरहेको टी टी ग्यारेज बाट मोटरसाइकल नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ।
प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार ठुलो आवाज निकाल्ने सवारी साधनले ध्वनि प्रदूषणसँगै मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यस्ता सवारी साधन प्रयोग नगर्न आग्रह गरिएको छ। प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकललाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने जनाएको छ।
आर्थिकन्यूज