शीर्षकहरू

टी–२० विश्वकपमा भारतीय मूलका ४० खेलाडी, ११ देशमा ६९ एशियाली खेलाडी

टी–२० विश्वकपमा भारतीय मूलका ४० खेलाडी, ११ देशमा ६९ एशियाली खेलाडी

काठमाडौं । आजदेखि सुरु भएको टी–२० विश्वकपमा भारतीय मूलका ४० खेलाडी विभिन्न देशको जर्सीमा खेल्दैछन्। भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानबाहेक अन्य ११ देशका लागि कुल ६९ एशियाली खेलाडी मैदानमा देखिनेछन्।

कनाडा र अमेरिकामा सबैभन्दा धेरै एशियाली खेलाडी रहेका छन्। दुबै टोलीमा १३–१३ जना एशियाली खेलाडी छन् ।  जसमा कनाडामा ११ भारतीय मूलका छन् भने अमेरिकामा ९ भारतीय, ३ पाकिस्तानी र १ श्रीलंकाली खेलाडी छन्। त्यस्तै, यूएईमा १२ एशियाली खेलाडी (७ भारतीय, ५ पाकिस्तानी) र ओमानमा १४ खेलाडी (७ भारतीय, ७ पाकिस्तानी) रहेका छन्।

न्यूजिल्यान्डमा रचिन रवीन्द्र र ईश सोढी भारतीय मूलका हुन् भने दक्षिण अफ्रिकाका केशव महाराज पनि भारतीय मूलका हुन्। इंग्ल्यान्डमा रेहान अहमद, आदिल राशिद र साकिब महमूद पाकिस्तानी मूलका खेलाडी हुन्।

इटलीमा ६ एशियाली खेलाडी छन्, जसमा जसप्रीत सिंह भारतीय मूलका हुन्। स्कटल्याण्डमा अफगान मूलका जैनुल्लाह एहसान र पाकिस्तानी मूलका सफयान शरीफ खेल्दैछन्। जिम्बाब्वेमा पाकिस्तानमा जन्मिएका सिकन्दर रजा प्रमुख खेलाडीका रूपमा रहेका छन्। यी ६९ एशियाली खेलाडीबाट ६ फरक–फरक प्लेइङ–११ बनाउन सकिने अवस्था छ, जसले विश्वकपमा एशियाली खेलाडीहरूको प्रभाव स्पष्ट देखाउँछ।