काठमाडौं । हालै तेल, ग्यास र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमन तीव्र पारेको छ भने प्रधानमन्त्री सुशीला कार्कीले ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी छन्।
तेलमा मूल्यवृद्धि प्रतिलिटर २५–३० रुपैयाँसम्म बढेको पाइएको छ। त्यस्तै, चामलमा भारतबाट आयात हुने चामलमा प्रतिकिलो १५–३० रुपैयाँ बढेको व्यवसायीहरूको दाबी छ। त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा असर परेको छ। उपभोक्ता पक्षको आरोपस् सीमित व्यापारीहरूले मिलेमतोमा कृत्रिम अभाव देखाएर मूल्य बढाएको छ।
सरकारी कदमस् वाणिज्य विभागले प्रमुख उत्पादक र वितरकलाई मूल्य समायोजन गर्न निर्देशन दिइसकेको छ। उपभोक्ता मञ्चको मागस् मौज्दात, मूल्यवृद्धि सुरु भएको समय र कारणबारे स्पष्ट जानकारी दिनुपर्ने छ।
मन्त्रालयले ‘अस्वाभाविक’ मूल्यवृद्धि रोक्ने प्रयास भइरहेको बताएको छ। तर व्यवसायीहरूले मौज्दातका कारण मूल्य घट्न अझै दुई–तीन महिना लाग्ने बताएका छन्। उपभोक्ता पक्षले नियमनकारी निकाय अझ सक्रिय हुनुपर्ने माग गरेको छ।
आर्थिकन्यूज