काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । सुनिल थापा (१९ मे १९६) – ६ फेब्रुअरी २०२६) नेपाली चलचित्र उद्योगका एक चर्चित अभिनेता थिए। उनी नेपाली, बलिउड र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए।
जन्मस्थान दाङ, नेपाल भएको हो । उनको उपनाम ‘राते काइला’ (चलचित्र चिनोमा निभाएको भूमिकाबाट लोकप्रिय) रहेको थियो । क्यारियर सुरुवात बलिउड चलचित्र एक दूजे के लिएबाट गरेका थिए । नेपाली चलचित्रमा खलनायकका भूमिकामा अत्यन्त लोकप्रिय छ ।
मोशन पिक्चर्स अवार्ड नेपाल दुईपटक, एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष रहेका थिए । उनका पत्नी राजनी लिम्बु (थापा), दुई सन्तान छन् । थापाको अभिनयले नेपाली चलचित्रमा खलनायक पात्रलाई नयाँ उचाइमा पुर्याएको मानिन्छ। उनले चिनो, रांको, सपना जस्ता हिट चलचित्रमा अभिनय गरेका थिए।
आर्थिकन्यूज