शीर्षकहरू

बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न

बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न

काठमाडौं । प्रस्तावित बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्याशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल(इप्पसन) तथा उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको उद्योग विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा इप्पसनका अध्यक्ष विसुकुमार केसीले सभापतित्व गरेका थिए । त्यस्तै, कार्यक्रममा विशिष्ठ अतिथि पूर्वमन्त्री तथा सचिव शंखर प्रसाद कोइराला र मन्त्रालयका सचिव डा  रामप्रसाद घिमिरे रहेका थिए  । उक्त कार्यक्रममा विभागका महानिर्देशक जितेन्द्र बस्तेत लगायका कार्मचारीहरुको उपस्थिति रहेको थियो । 

nullnull

गोष्ठीमा प्रस्तातिव बौद्धिक सम्पत्ति एने अन्तरगत ट्रेडमार्क, भौगोलिक संकेट(पेटेन्ट) तथा प्रशासनिक व्यवस्था सम्बन्धी प्रावधानहरुमा केन्द्रीय रहेर छलफल  भएको थियो । अधिवक्त तथा विज्ञ वक्ताहरु, लक्ष्मी सापकोटो, प्रिया श्रेष्ठ, सज्ज्जवर सिंह थापा, प्रियांक अधिकारीले ऐनका विभिन्न प्रावधानहरुका समिक्षा गर्दै सुधारका सम्भावित सुझाव प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री अनिलकुमार सिंन्हाले नेपालको बौद्धिक सम्पत्ति सम्बन्धी विज्ञहरुको कम नभएको भन्दै नेपालमा अब विज्ञहरुको ज्ञानलाई व्यवहारमा लागू गर्न जरुरी रहेको बताए ।