शीर्षकहरू

टी–२० विश्वकपमा वेस्ट इण्डिजको पहिलो जित

टी–२० विश्वकपमा वेस्ट इण्डिजको पहिलो जित

काठमाडौं । नेपाल रहेको समूह ‘सी’ अन्तर्गत वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गर्दै पहिलो जित निकालेको छ। कोलकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले ५ विकेट गुमाएर १८२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड १८.५ ओभरमै अलआउट हुँदै १४७ रनमा समेटियो।

वेस्ट इण्डिजका शिम्रोन हेटमायरले ६४ रन बनाए भने रोमारियो शेफर्डले ५ विकेट लिए। स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले ४२ रन बनाए। समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्याण्ड रहेका छन्। नेपालले आइतबार इंग्ल्यान्डसँग खेल्नेछ।