शीर्षकहरू

सिटिइभिटीमा प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ ९८ कर्मचारी माग

सिटिइभिटीमा प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ ९८ कर्मचारी माग

काठमाडौं। प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुन सेवातर्फ गरी ९८ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ।

परिषद्का अनुसार प्राविधिक तथा प्रशासन सेवाका विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले सिटिइभिटीको विद्युतीय दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

उमेर हदअनुसार अधिकृत द्वितीय श्रेणीका लागि ४० वर्ष ननाघेको, अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २३ गतेसम्म सामान्य दस्तुरमा र फागुन ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सिटिइभिटीले जनाएको छ।

null