शीर्षकहरू

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले केन्द्रबाट नौ प्रकारका मुख्य निर्वाचन सामग्री पठाउने तयारी गरेको छ।

सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार, प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिमका लागि उपकरण, मतदान केन्द्रका सुरक्षासम्बन्धी सामान, छेकाबारा, नउड्ने मसी मार्कर, स्ट्याम्प प्याड र मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिका स्टीकर समावेश छन्।

त्यस्तै, जिल्लामा ३७ प्रकारका सामग्री व्यवस्थापन हुनेछन्। यसमा सिलिङ बक्स, अनुसूची फारम, पोल बुकका लागि डायरी, मार्कर पेन, स्केल, स्टाप्लर मेसिन र पिन, काउन्टिङ डम्पर (सोसर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री–बाहिरी कार्ड, पुरुष–महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली, प्याकिङ टेप लगायतका वस्तुहरु छन्।

अर्कोतर्फ, नेपाली कागजको खाम (१०x१५ इन्च), कपडाको खाम (मतपत्र राख्न), सेतो ए४ कागज ३० पाना, रेकर्ड फाइल, धागो–सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (२ मिटर), जेल पेन कालो/रातो र चारवटाको मैनबत्ती प्याकेट पनि जिल्लामा व्यवस्था गरिनेछ।