शीर्षकहरू

सवा १० अंकले घट्यो नेप्से, कारोबार ११ अर्ब ६५ करोड

सवा १० अंकले घट्यो नेप्से, कारोबार ११ अर्ब ६५ करोड

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा झरेको छ।

परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ। आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँमा किनबेच भएका छन्।

अघिल्लो कारोबार दिन बिहीबार ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज लगानी र अन्य समूह बाहेक सबै समूहका उपसूचक घटेका छन्। होटल तथा पर्यटन समूह २.१३ प्रतिशतले घट्दै सर्वाधिक ओरालो लागेको छ। यस्तै व्यापार समूह १.३० प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेका छन्।

घटेको बजारमा पनि ८५ कम्पनीको सेयर मूल्य बढेको छ। सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिडी पावरको सेयर मूल्य ९.९८ प्रतिशत र खानिखोला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।

null