काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी द्रुत गतिमा अघि बढेको छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावका लागि आवश्यक सामग्रीको व्यवस्थापन पूरा गरिरहेको छ।
निर्वाचन आयोगले मतदानको लागि आवश्यक सामग्री दुई तहमा व्यवस्थापन गरेको छ। निर्वाचन केन्द्रमा पठाइने सामग्री नौ प्रकारको रहेको छ भने जिल्लामा व्यवस्थापन गरिने सामग्री ३७ प्रकारको रहेको छ।
केंद्रीय स्तरबाट पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षात्मक सामग्री, छेकाबारा, नउड्ने मसी मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर समावेश छन्।
जिल्लामा व्यवस्थापन गरिने सामग्रीमा सिलिङ बक्स, पोल बुकका लागि डायरी, अनुसूची फारम, पुसपिन, मार्कर पेन, स्केल, स्टापलर मेसिन र पिन, काउन्टिङ डम्पर, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, मतदान केन्द्र कार्ड, मतदाता क्रमसङ्ख्या, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन्।
त्यस्तै नेपाली कागजको खाम, निबिदा मतपत्र राख्ने खाम, सेतो कागज (ए४), रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटर), कालो र रातो जेल पेन, चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै उपलब्ध गराइनेछन्।
आर्थिकन्यूज