काठमाडौं । वन डे क्रिकेट एकेडेमी ‘B’ ले ५ विकेट गुमाउँदै ४३७ रनको विशाल योगफल बनायो र ३७७ रनले विजयी भयो। नेपाल U-12 क्रिकेट इतिहासमा पहिलोपटक यति ठूलो स्कोर गरिएको हो।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित वान डे क्रिकेट एकेडेमीद्वारा आयोजना गरेको जुनियर प्रिमियर लिग टी २० खेल अन्तर भइरहेको खेलमा वान डे क्रिकेट एकेडेमीका रेगन बस्नेतले एकै खेलमा यो रन बनाएका हुन । उक्त खेलमा भक्तपुर निष्ट जम्मा ६० रनमा सिमित हुँदै ३७७ रनले उक्त खेल वान डे क्रिकेट एकेडेमीले जितेको थियो ।

आर्थिकन्यूज