वीरगञ्ज । करोडौको सुन चाँदीका गहना चोरी भएको चार महिना बितिसक्दा पनि प्रहरीले सुइको पाउन सकेको छैन । कार्तिक १० गते बीरगन्जको श्रीसिया बस्ने श्याम पटेलको घरबाट एक करोड भन्दा बढीको सुनचाँदीका गहना र ५लाख नगद चोरी भएको थियो ।बीरगन्ज महानगरपालिकाको वार्ड नम्बर २६ बस्ने पटेलको घर सुगौली इलाका प्रहरी कार्यालय र सुख्खा बन्दरगाह प्रहरी चौकीको ठिक बिच्चमा छ ।दुबै प्रहरी चौकी भन्दा १ किलो मिटर नजिकै रहेको घरबाट करोडौको चारीबारे प्रहरीले खासै चासो नदेखाएको गुनासो छ ।
छठपर्वका दिन दिउसै भएको यो चोरीले स्थानिय गाउलेहरुलाई भयभित बनाएको छ । चार महिना देखि बीरगञ्जमा सुनचोर गीरोह सक्रिय भएको बताइन्छ । ठुलै पेशेवर चोर गीरोहले यति ठुलो परिमाणको चोरी गर्दापनि प्रहरीले खासै चासो नदेखाएको स्थानियको आरोप छ । ।
कात्तिक यता बीरगञ्जका तिनवटा घरबाट एक करोड भन्दा बढीका सुन चाँदीका गहना चोरी भएको पर्सा प्रहरी उजुरी परेको छ । आसन्न चुनावमा प्रहरीको व्यस्तता बढेको मैखाछोपी सिमावर्ती भारतीय चोर गीरोह सक्रिय भएको प्रहरी श्रोतको आशंका छ । लामो समय लगाएर रेक्कि गर्ने ,घरमा गहना राखिएको ठाउको पुख्ता सुचनासंकन गरेपछि घर मान्छे नभएको मौकाछापी सुन चाँदका गहना र नगर मात्रै यो गीरोहले चोरी गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ ।
दोश्रो यही माघ १२ गते वीरगञ्ज–१५ स्थित बीरगन्ज शहर भित्रै रहेको एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति उक्त मूल्य बराबरको सुनचाँदीका गरगहना चोरेर फरार भएका हुन् । चोरीले मुखमा मास्क लगाएर चोरी गरेको भिडियो समेत प्रहरीले फेला परेको छ ।
दोश्रो घटनाको एक दिन नबित्दै यही १३ गते लिङ्करोड स्थित वीरेन्द्र सिंहको घरबाट १०तोला भन्दा बढीको गहना चेरी भएको छ । सिंह परिवार बीरगन्ज भन्दा बाहिर गएको बेला चोरले घरको ढोक्का फोडेर गहना चोरेका हुन ।उनीहरु एकहप्ता अगाडि मात्र बैकबाट गहना निकालले ल्याएको थिए ।
‘सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ’ ,चोरी भएको गहनाको संख्या र बजन उजुरीमा उल्लेख नगरिएकोले कति सम्पतिको चोरी भएको बताउन नसकिने जिल्ला प्रहरी कार्यालय पर्साको तर्क छ ।
घरमा मान्छे नभएको मौका छोपेर लगातार भएको चोरीको यो घटना पर्साको प्रहरीको लागी ठुलो चुनौती बढाएको छ । पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायत गरगहनाको चोरीका घटना बढेको स्वीकार गर्दै भने,“केही दिनयता वीरगञ्ज महानगर आसपासमा तिन वटा चोरी भएको उजुरी आएका छन ।
‘सक्रियता साथ अनुशन्धान जारी छ”, बताउदै उनले भने, “ तिनै घरमा चोरी गरिएका व्यक्तिहरु फरक उम्मेरका भएपनि घटनाको प्रवृति मिलोदो जुलदो देखिन्छ ।’ ठुलै पेसेवर गीरोह नै वीरगन्जमा सक्रिय भएको उहाँले स्वीकार्नु भयो ।‘अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्यजारी राखेका छौँ ,छिटै ठुलो सफलता पाउने पर्सा आशावादी भएको उपरिक्षक बस्नेतले दाबी समेत गरे ।
पर्सा प्रहरीका प्रवक्ता बस्नेतले अधिकांश घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताए । “सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानका लागि सर्वसाधारण समक्ष अनुरोध गर्दछौँ, त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ”, उनले भने ।
खास गरेर भारतको बिहारमा सुरक्षा व्यवस्था कडा गरिएपछि सिमावर्ती अपराधीहरु वीरगन्जमा सक्रिय हुने गरेको बताइन्छ । वीरगन्ज नजिकै रहेको भारतीय सिमावर्ती घोडासहन बजारका सट्टरतोरुवा ग्रुप भारतमै प्रख्या छ ।घोडासहनका अपराधीहरुको वीरगन्जका अपराधीहरुसंग पुरानै लीगासी भएकोले भारतीय चारे विगन्जमा सक्रिय भएको आशंका समेत व्यवक्त गर्न थालिएको हो ।
अनिल तिवारी