काठमाडौँ । सामसङ नेपालले टी–२० विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना एआई टिभीहरूमा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम क्यूएलईडीदेखि एचडी टिभीसम्मका विभिन्न मोडेलमा २१ प्रतिशतसम्म क्यासब्याक र ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ।
४के एआई अपस्केलिङ, ८५ इन्चसम्मको ठूलो स्क्रिन र एडाप्टिभ साउन्ड फिचरका कारण सामसङ टिभीले घरमै स्टेडियमजस्तै अनुभव दिने कम्पनीको दाबी छ। साथै स्मार्ट कनेक्टिभिटीका लागि सामसङ नक्स सेक्युरिटी जडान गरिएको छ।
मनोरञ्जन अनुभव थप विस्तार गर्न सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभी खरिद गर्दा निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पनि उपलब्ध गराउनेछ। क्यूएलईडी र युएचडी मोडेलमा १२ महिना तथा एफएचडी र एचडी मोडेलमा ६ महिनाको निःशुल्क नेटटिभी सेवा प्रदान गरिनेछ।
यसका अतिरिक्त, सामसङले आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिजका टिभीमा उत्पादनजन्य त्रुटि कभर हुने तीन वर्षको वारेन्टी दिने जनाएको छ। ग्राहकले सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ० प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि लिन सक्नेछन्। पुराना टिभी तथा होम अप्लायन्स एक्सचेन्ज गरेर नयाँ सामसङ उत्पादन किन्न सकिने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज