काठमाडाैँ । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले मल्ललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८२ फागुन १ गतेदेखि लागु हुने गरि सीईओमा नियुक्त गरिएकाे हाे ।
यस अघिका सीईओ समाज प्रकाश श्रेष्ठले राजीनामा दिएपछि कम्पनीले मल्ललाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले फागुन १ गतेदेखि लागु हुने गरि राजीनामा दिएकोमा माघ २५ गतेको कम्पनीको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।
नव नियुक्त सीइओ डा. मल्लले भारतको सिंघानिया विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनी यस अघि साविकको राइजिंग डेभलपमेन्ट बैंक र साविकको ओम फाइनान्सको सीइओ रहिसकेका छन्। त्यस्तै उनी साविकको ओम डेभलपमेन्ट बैंकको डेपुटी सीइओ रहिसकेका छन् । उनले ५ वर्ष एनएमबि बैंकमा पनि काम गरेका थिए।
आर्थिकन्यूज