शीर्षकहरू

अब बीमा सेवा डिजिटल, हुलाक टिकट टाँस्ने झन्झट हट्यो

अब बीमा सेवा डिजिटल, हुलाक टिकट टाँस्ने झन्झट हट्यो

काठमाडौँ । अब बीमा सेवा लिनका लागि कागजातमा हुलाक टिकट टाँस्नुपर्ने बाध्यता अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनी, ब्रोकर र मध्यस्थकर्तालाई परिपत्र जारी गर्दै यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २९ गते गरेको निर्णयअनुसार कानुनले अनिवार्य गरेको बाहेक बीमा सेवा प्रक्रियामा हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय गरिएको हो।

बीमा प्राधिकरणले परिपत्रमार्फत सबै सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गर्दै सेवाग्राहीलाई थप सहज र पारदर्शी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यससँगै बीमा सेवामा प्रक्रिया सरल, छरितो र डिजिटल बन्ने अपेक्षा गरिएको छ।