काठमाडौं। साना गाडीको बजारमा नयाँ पहिचान बनाउँदै ह्युन्डाई स्यान्ट्रोले नेपाली ग्राहकहरूको भरोसा जितेको २५ वर्ष पूरा भएको छ। सन् १९९९ मा ह्युन्डाई इन्डियाले स्यान्ट्रो सार्वजनिक गरेको बेला जापानी ब्रान्डहरूको प्रभुत्व थियो, तर स्यान्ट्रोले सानो, भरपर्दो र आरामदायी गाडीको नयाँ मानक स्थापित गर्यो।
नेपालमा स्यान्ट्रोले ह्याचब्याकप्रति धारणा नै परिवर्तन गर्यो। सानो गाडी पनि नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त र मर्मतमा सजिलो हुन सक्ने देखाइयो। समयसँगै स्यान्ट्रो नेपाली परिवारहरूको भरोसाको साथी बनेको छ।
ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका स्यान्ट्रो प्रयोगकर्ताहरूलाई विशेष सरप्राइज अनुभव गराउने अवसर प्रदान गरिँदैछ। यसले केवल गाडीको यात्रालाई मात्र नभई, भरोसाको २५ वर्षे विरासतलाई पनि सम्मान गर्दैछ।
आर्थिकन्यूज