शीर्षकहरू

दराज ११.११ अन्तर्गत आश्मा दाहालले जितिन् एथर रिज्टा इलेक्ट्रिक स्कुटर

दराज ११.११ अन्तर्गत आश्मा दाहालले जितिन् एथर रिज्टा इलेक्ट्रिक स्कुटर

काठमाडौं। ललितपुर हरिसिद्धीकी आश्मा दाहाल दराज नेपालको ११.११ अभियान “द बिगेस्ट सेल अफ दि इयर” अन्तर्गत ग्राण्ड प्राइज विजेता भएकी छिन्। १ रुपैयाँको साधारण खरिदले उनीलाई एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्ने मौका दिएको हो।

दराज ११.११ अभियान नोभेम्बर १० देखि २१ सम्म सञ्चालन भएको थियो र ग्राहकहरूको अत्यधिक सहभागिताका कारण नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो। अभियानका नियम अनुसार न्यूनतम १०,००० रुपैयाँ खरिद गर्ने र १ रुपैयाँ डिलका अर्डर पूरा गर्ने सहभागीहरू ग्राण्ड प्राइजका लागि छनोट भएका थिए।

ग्राण्ड प्राइजमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर स्मार्ट शहरी यात्राको लागि डिजाइन गरिएको परिवारमैत्री इलेक्ट्रिक मोबिलिटी समाधान हो। यसमा फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभव रहेको छ।

यसका अतिरिक्त, दराज नेपालले ११.११ अभियानका अन्य आकर्षक उपहार विजेताहरूको पनि घोषणा गरेको छ। राजविराजका सुवास विश्वकर्माले थाइल्याण्ड यात्रा जितेका छन् भने काठमाण्डौकी निकिता श्रेष्ठले होटल कन्ट्री भिल्लामा बसाइ जितेकी छिन्। यसैगरी, अन्य विजेताहरूले विभिन्न प्रायोजित उपहारहरू पाएका छन्।

दराज नेपालका प्रवक्ताले ११.११ अभियानले केवल छुट मात्र नभई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गरेको बताए र आगामी दिनमा अझ रोमाञ्चक तथा नविन अभियान ल्याइने प्रतिबद्धता व्यक्त गरे।

दराज समूह सन् २०१५ मा स्थापित भएको दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो जसले नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा सेवा प्रदान गर्दै आएको छ।