शीर्षकहरू

५ प्रतिशत युवतिले गर्छन सुर्तिजन्य पदार्थको सेवन

५ प्रतिशत युवतिले गर्छन सुर्तिजन्य पदार्थको सेवन

काठमाडौं । नेपालका ५ प्रतिशत युवतिले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा १५ देखि ४९ वर्षका ५.१ प्रतिशत युवतिले सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । 

सुर्तिजन्य पदार्थ सेवन गर्ने युवाको संख्या युवतिको तुलनामा ८ गुणा बढी छ । सोही उमेर समुहका ४१.८ प्रतिशत युवाले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको अध्ययन रिपोर्टमा उल्लखे छ। ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्ष अगाडीको एक खिलि चरोट तथा विंडी पुरै सेवन गर्ने गर्दछन्।

रिपोर्ट अनुसार हाल १५ देखि ४९ वर्षका २३ प्रतिशत युवा र २.८ प्रतिशत युवतिले हाल चुरोट सेवन गर्दछन् । ०.७ प्रतिशत युवाले भेप लगायत विद्युतिय चुरोट पिउँछन्, विद्युतीय चुरोट पिउने युवतीहरु ०.१ प्रतिशत रहेका छन् ।