काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले भोलि विहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको जनाएको छ।
कम्पनीले माघ १२ देखि १५ गतेसम्म खुला गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता सेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका थिए।
गोलाप्रथा अनुसार ८३ हजार लगानीकर्ताले मात्र १०/१० कित्ताका दरले सेयर पाउनेछन्।यसको अर्थ, करिब २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुनेछन्। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको हो।
आर्थिकन्यूज