काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको सिटिजन्स सन्तुलित योजनाका इकाईहरू आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका छन्।
सूचिकृत इकाईको प्रति इकाई मूल्य रु १० कायम गरिएको छ। कुल १२,५०,००,००० इकाईहरू सूचीकरण भएको यस सामूहिक लगानी कोषको कारोबार भोलि, माघ २७ गतेदेखि सुरु हुनेछ।
सिटिजन्स क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणका लागि खुला बिक्री गरिएको यी इकाईहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार नेप्सेमा सूचिकृत गरिएको हो।

आर्थिकन्यूज