काठमाडौं । सामसङले चाँडै नै नयाँ प्रविधि सार्वजनिक गर्ने संकेत दिँदै टिजरहरूको शृङ्खला जारी गरेपछि देशभर उत्साह बढेको छ। यद्यपि कम्पनीले आधिकारिक विवरणहरू सार्वजनिक गरिसकेको छैन। तर टिजरहरूले स्मार्टफोन प्रयोगको अनुभवलाई नयाँ स्तरमा लैजान सक्ने सुविधातर्फ इङ्गित गरेका छन्।
सार्वजनिक टिजरमध्ये एकले डिस्प्ले इन्टेलिजेन्स वा उपकरणमै आधारित एआईसँग सम्बन्धित नयाँ फिचरको सङ्केत दिएको छ भने अर्को टिजरले सामसङको लोकप्रिय ‘नाइटोग्राफी’ फिचरमा सम्भावित सुधार हुन सक्ने अनुमान जन्माएको छ। यी संकेतहरूसँगै सामसङले अब के नयाँ ल्याउँदैछ भन्ने विषयमा चर्चा चुलिएको छ।
नेपालमा ग्यालेक्सी फ्ल्यागसिप स्मार्टफोनहरूको सफलतामाथि टेकेर सामसङले दैनिक प्रयोगलाई अझ स्मार्ट, सहज र प्रभावकारी बनाउने रणनीतिमा ध्यान केन्द्रित गरेको देखिन्छ। टिजरमार्फत संकेत गरिएको नयाँ अनुभव अन–डिभाइस एआईद्वारा सञ्चालित इन्टेलिजेन्ट डिस्प्ले लेयरमा आधारित हुन सक्ने अनुमान गरिएको छ, जसले प्रयोगकर्ताको प्रयोग शैलीअनुसार कन्टेन्टलाई रियल–टाइममा अनुकूलन गर्नेछ।
यसैगरी, अन–स्क्रिन प्राइभेसीसम्बन्धी नयाँ अवधारणाले पनि प्रयोगकर्ताको ध्यान तानेको छ। उन्नत डिस्प्ले प्रविधि र अन–डिभाइस इन्टेलिजेन्सको प्रयोगमार्फत, सामसङले व्यस्त र गतिशील जीवनशैलीलाई लक्षित गर्दै एआई–सञ्चालित प्राइभेसी तह प्रस्तुत गर्ने तयारीमा रहेको अनुमान गरिएको छ।
आर्थिकन्यूज