शीर्षकहरू

होटल फरेष्ट इनकाे आईपीओमा ८.६४ गुणा बढी आवेदन

होटल फरेष्ट इनकाे आईपीओमा ८.६४ गुणा बढी आवेदन

काठमाडौं । होटल फरेष्ट इनकाे आईपीओमा ८.६४ गुणा बढी आवेदन परेकाे छ । उक्त आईपीओमा आवेदन दिने अन्तिम दिन माघ २६ गतेसम्म  ८.६४ गुणा बढी आवेदन परेकाे हाे ।

कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियाे । जहाँ २५ लाख ४६ हजार ३४० जनाले २ कराेड ८६ लाख ९९ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।

सर्वसाधारणका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरिएको हो।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत वा सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।