शीर्षकहरू

६ महिनामा १ खर्ब ८७ अर्ब रुपैयाँ सार्वजनिक ऋण भुक्तानी, बजेटमा दबाब

६ महिनामा १ खर्ब ८७ अर्ब रुपैयाँ सार्वजनिक ऋण भुक्तानी, बजेटमा दबाब

काठमाडौं। चालु आर्थिक बर्ष २०८२/८३ मा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरिएकोमा समीक्षा अवधिसम्म १ खर्ब ८७ अर्ब १२ करोड भुक्तानी भएको छ । यो बार्षिक बजेट विनियोजनको ४५.५३ प्रतिशत हो। 

साथै गत आर्थिक वर्ष २०८१÷८२ को अनुमानित कुल गार्हस्थ उत्पादन ६१ खर्ब ७ अर्ब २२ करोडको तुलनामा कुल ऋण सेवा खर्च ३.०६ प्रतिशत हुन आउँछ । जसमा आन्तरिक ऋण र बाह्य ऋणको सेवा खर्चको हिस्सा क्रमश ः २.५४ र ०.५२ प्रतिशत रहेको छ। 

अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्रै २० अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानी भएको छ । मंसिर महिनामा १५ अर्ब ३८ करोड, कार्तिकमा ४० अर्ब ९९ करोड, असोजमा ३१ अर्ब ६० करोड, असोजमा ४१ अर्ब ९९ करोड र साउन महिनामा ३७ अर्ब ३ करोड रुपैयाँ भुक्तानी भएको छ। 

सार्वजनिक ऋण सेवा भुक्तानीमा साँवा भुक्तानीको हिस्सा ८१.७१ प्रतिशत छ भने ब्याज भुक्तानीको हिस्सा १८.२९ प्रतिशत छ। 

यस अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड तथा ब्याज २८ अर्ब ३७ करोड गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड भुक्तानी गरिएको छ । पुस महिनामा मात्रै १७ अर्ब ४५ करोड भुक्तानी भएको छ । मंसिर महिनामा ६ अर्ब २ करोड, कार्तिक महिनामा ३५ अर्ब २४ करोड, असोज महिनामा २८ अर्ब ३८ करोड, भदौ महिनामा ३५ अर्ब ४४ करोड र साउन महिनामा ३२ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी भएको मन्त्रालयको तथ्यांक छ। 

पुस महिनामा मात्रै १२ अर्ब ५० करोड साँवा भुक्तानी भएको छ । मंसिर महिनामा २ अर्ब, कार्तिक महिनामा ३२ अर्ब ११ करोड, असोज महिनामा २३ अर्ब ७५ करोड, भदौ महिनामा २९ अर्ब ३० करोड र साउन महिनामा २७ अर्ब १० करोड रुपैयाँ भुक्तानी भएको छ। 

पुस महिनामा ४ अर्ब ९५ करोड व्याज भुक्तानी भएको छ । मंसिर महिनामा ४ अर्ब २ करोड, कार्तिकमा ३ अर्ब १३ करोड, असोजमा ४ अर्ब ६३ करोड, भदौमा ६ अर्ब १४ करोड र साउन महिनामा ५ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी भएको छ। 

बाह्य ऋणतर्फ साँबा २६ अर्ब २३ करोड र ब्याज तर्फ ५ अर्ब ८५ करोड गरी जम्मा ३१ अर्ब ९९ करोड भुक्तानी गरिएको छ । पुस महिनामा मात्रै २ अर्ब ६५ करोड बाह्य ऋण भुक्तानी भएको छ। 

मंसिरमा ९ अर्ब ३६ करोड, कार्तिकमा ५ अर्ब ७५ करोड, असोजमा ३ अर्ब २१ करोड, भदौमा ६ अर्ब ५५ करोड र साउनमा ४ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भएको छ। 

चालु आवमा आन्तरिक तथा बाह्य गरी कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको छ । समीक्षा अवधिसम्म यस्तो ऋण परिचालन २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो।

सो अवधिमा आन्तरिक ऋण परिचालनको प्रगति ४९.०८ प्रतिशत र बाह्य ऋण परिचालनको प्रगति १५.७९ प्रतिशत रहेको छ। कूल सार्वजनिक ऋण परिचालनमध्ये आन्तरिक ऋणको हिस्सा ८२.८१ प्रतिशत र बाह्य ऋणको हिस्सा १७.१९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।