शीर्षकहरू

अछाम–२ मा रास्वपाको विस्तार, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

अछाम–२ मा रास्वपाको विस्तार, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

अछाम । अछाम ढकारी गाउँपालिका–५ मैका तथा बास्कोट क्षेत्रका विभिन्न राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ता तथा टोलबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का स्थानीय तहका जिम्मेवार व्यक्तिहरू समेत रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अछाम–२ का उम्मेदवार भुपदेव शाहले परिवर्तनको महाअभियानमा सहभागी हुँदै पार्टी प्रवेश गर्ने सम्पूर्ण नेता तथा कार्यकर्तालाई स्वागत तथा बधाइ दिएका छन्।

शाहले भने, “परिवर्तनको महाअभियानमा तपाईंहरूको यो साहसी निर्णय केवल पार्टी प्रवेश मात्र होइन, नयाँ आशा, नयाँ सोच र स्वच्छ राजनीतिक संस्कृतिको पक्षमा दिइएको सशक्त सन्देश हो।” उनले यस निर्णयलाई ऐतिहासिक कदमको रूपमा उल्लेख गरे।

रास्वपामा प्रवेश गर्नेहरूमा डम्बर थापा (नेपाली कांग्रेस, ढकारी गाउँ कार्यसमिति सह–सचिव), धनबहादुर साउद (नेपाली कांग्रेस, क्षेत्रीय महाधिवेशन प्रतिनिधि), पदमबहादुर बुढा (नेपाली कांग्रेस, क्रियाशील सदस्य), मानसिंह साउद (नेकपा, क्षेत्रीय सदस्य), नवल सिंह बुढा (नेकपा एमाले), दिनेश देउवा (नेपाली कांग्रेस), जितबहादुर साउद (नेपाली कांग्रेस), डबल साउद र टेकबहादुर साउद रहेका छन्।

उक्त अवसरमा शाहले अछाम–२ मा स्वच्छ, उत्तरदायी र जनमुखी राजनीतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गरे। विभिन्न दलबाट आएका नेता–कार्यकर्ताको प्रवेशले जिल्लामा पार्टी संगठन थप सुदृढ हुने विश्वाससमेत उनले व्यक्त गरे।