शीर्षकहरू

नेपाल पे कार्ड जारी गर्ने पहिलो बैंक बन्यो सिटिजन्स

नेपाल पे कार्ड जारी गर्ने पहिलो बैंक बन्यो सिटिजन्स

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल नेपाल पे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ ।

बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बिच एनपिएस–नेपाल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किममार्फत नेपाल पे कार्ड सञ्चालन गर्न मंगलबार सम्झौतासमेत भएको छ ।

सम्झौतापत्रमा बैंकका सिइओ गणेशराज पोखरेल र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत बैंकले एनसिएचएलको इलेक्ट्रोनिक फन्ड ट्रान्सफरभित्र नेपाल पे जारी गर्ने पहिलो बैंक बनेको छ । यसपश्चात् बैंकका एटिएम तथा पोसहरूमा नेपाल पे कार्डका साथै डिस्कभर, डिनर्स, पल्सजस्ता अन्तर्राष्ट्रिय कार्ड पनि चल्नेछन् ।

बैंकका ग्राहकले छिट्टै एनसिएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपाल पे कार्ड पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।