शीर्षकहरू

नेपालमा स्कोडा कायलाक सार्वजनिक: कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अध्याय

नेपालमा स्कोडा कायलाक सार्वजनिक: कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अध्याय

काठमाडौँ । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रममा कम्पनीको नेतृत्व, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीहरूको उपस्थितिले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको थियो।

कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरे। उहाँहरूले कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरे।

कायलाकले १७८ Nm टर्क र ११५ bhp पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित हुने हुँदा उकालो, ग्राभेल सडक तथा अनिश्चित सतहमा पनि सहज र नियन्त्रणसहितको ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको मूल्य ने.रू. ४५.९० लाखदेखि सुरु हुँदै अटोमेटिक मोडल ने.रू. ५२.९० लाखमा उपलब्ध छ।

स्कोडा कायलाक फाइभस्टार सुरक्षा इन्जिनियरिङमा आधारित रहेको छ र युरो NCAP तथा भारत NCAP मा उत्कृष्ट सुरक्षा रेटिङ प्राप्त गरेको छ। यसलाई मनाङ, ढोरपाटन र ३,७५६ मिटर उचाइमा परीक्षण गरी यसको क्षमताको प्रमाणित गरिएको छ।

कार्यक्रममा विष्णु अग्रवालले भने, “कायलाक हरेक उकालोमा आत्मविश्वास र प्रत्येक सडकमा नियन्त्रण प्रदान गर्ने गाडी हो। यो नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको हो।” रौनक अग्रवालले थपे, “कायलाकले सहरदेखि पहाडसम्म प्रिमियम इन्जिनियरिङ, दमदार प्रदर्शन र तनावमुक्त स्वामित्व अनुभव प्रदान गर्छ।”

स्कोडा नेपालले नेपाली बजारमा विश्वस्तरीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ र आधुनिक युरोपियन डिजाइन, उन्नत प्रविधि र भरपर्दो प्रदर्शनलाई नेपालको विविध सडक परिस्थितिसँग अनुकूल बनाउँदै आएको छ।