शीर्षकहरू

हिमालयन लाइफको साधारण सभा सम्पन्न, वित्तीय विवरण र नियुक्तिहरू पारित

हिमालयन लाइफको साधारण सभा सम्पन्न, वित्तीय विवरण र नियुक्तिहरू पारित

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेट हलमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले अनुमोदन गरेको छ।

त्यसैगरी, सभा मार्फत स्वतन्त्र सञ्चालकका रूपमा गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्ति पनि सर्वसम्मतिले अनुमोदन गरिएको छ। कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिएको छ।

सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय पनि पारित भएको छ। नियामक निकायबाट आवश्यक परिमार्जन वा निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।