शीर्षकहरू

वाणिज्य बैंकहरुको ब्याजदर घट्दै, ग्लोबल आइएमईको सबैभन्दा बढी कटौती, कुनको कति ?

निक्षेपकर्तालाई कम प्रतिफल, ऋणीलाई राहत

वाणिज्य बैंकहरुको ब्याजदर घट्दै, ग्लोबल आइएमईको सबैभन्दा बढी कटौती, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्लो केहि महिना यता निरन्तर मासिक रुपमा  ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। 

माघको तुलनामा फागुनका लागि आधाजसो वाणिज्य बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यसले बैंकिङ प्रणालीमा ब्याजदर घट्दो क्रममा रहेको संकेत गरेको छ । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसतमा ४.५६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर फागुन महिनामा ०.११५ प्रतिशतविन्दुे घटेको   छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसतदर समीक्षा अवधिमा ०.०५१ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनामा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.६८ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा ९ बैंकहरुले ब्याजदर घटाएसँगै औसत ब्याजदर घट्न पुगेको हो। यस अवधिमा औसत रुपमा ०.११५ प्रतिशत बिन्दुले ब्याजदर घटेको देखिन्छ ।

यस्तै, संस्थागत निक्षेपतर्फ पनि औसत ब्याजदर ३.३८ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा सीमित भएको छ। संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०५१ प्रतिशतविन्दु घटेको हो। 

फागुन महिनामा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ। ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

संस्थापक मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ४ प्रतिशत रहेको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले सो दरमा ब्याज दिनेछन्।

बैंकहरुको ब्याजदर घट्नुको मुख्य कारण बैंकिङ प्रणालीमा तरलता सहज रहनु, कर्जा माग अपेक्षाकृत कमजोर हुनु तथा राष्ट्र बैंकको नीतिगत सहजता रहेको विश्लेषकहरुको भनाइ छ । ब्याजदर घट्दा कर्जाग्राहीलाई राहत मिल्ने भए पनि निक्षेपकर्ताको प्रतिफल भने थप घट्ने देखिएको छ। समग्रमा वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर घट्दो ट्रेन्डमा देखिएको छ जसले आगामी महिनाहरूमा पनि ब्याजदर दबाबमै रहने संकेत गरेको छ।

कुन बैंकको ब्याजदर कति?

null