काठमाडौं । आज बिहीबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको भाउ ३ लाख ६ हजार ६०० रुपैयाँ रहेकोमा आज ३ लाख ६ हजार ५०० रुपैयाँमा झरेको छ ।
चाँदीको भाउ आज तोलाको ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज