शीर्षकहरू

बाबुराम भट्टराईलाई भेट्न पुगे डीपी अर्याल

बाबुराम भट्टराईलाई भेट्न पुगे डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आज पितृशोकको सातौँ दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर समवेदना व्यक्त गरेका छन्।

भट्टराईका बुवा भोजप्रसाद भट्टराईको निधनपछि कोटेश्वरमा चलिरहेको किरिया बसाइँकै क्रममा अर्यालले भट्टराई परिवारलाई भेट गरेका हुन्।

सो अवसरमा अर्यालले दिवङ्गत भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

nullnull