शीर्षकहरू

१३ प्रतिशतले बढ्यो रिलायबल लाइफको नाफा, यस्ता छन् अन्य सूचक

१३ प्रतिशतले बढ्यो रिलायबल लाइफको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १३ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा ३५ करोड ३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३९ करोड ५८ लाख ७८ हजार रुपैयाँ पुगेको छ । 

खुद नाफासँगै कम्पनीको जीवन बीमा कोष पनि बढेको छ । यस कोषमा गत आवको पौष मसान्तसम्म ११ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा चालु आवको पौष मसान्तसम्म १५ अर्ब २४ करोड पुगेको छ । सोल्भेन्सी मार्जिन रेसियो १.८४ गुणाबाट बढेर २.५४ गुणा पुगेको छ । यस अवधिसम्म कम्पनीले ५ अर्ब ३५ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । 
२२ करोड ९७ लाख रुपैयाँबाट बढेर महाविपत्ति कोष २६ करोड ९३ लाख रुपैयाँको बनेको छ भने कम्पनीको कुल सम्पत्ति २२ अर्ब ४ करोड रुपैयाँबाट बढेर २३ अर्ब ४७ करोड पुगेको छ । 

पछिल्लो ६ महिनामा कम्पनीले १ लाख ५६ हजार ९६४ वटा पोलिसि बिक्री गरेको छ, गत आवको सोही अवधिमा १ लाख ४२ हजार ५७० वटा पोलिसि बिक्री गरेको थियो । 

कम्पनीको प्रति शेयर आम्दानी १५.२४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४४.९७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्ति ४५१.६३ रुपैयाँ र पीई रेसियो ३०.४३ गुणा रहेको छ ।