काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार ह्वात्तै वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पोष मसान्तसम्ममा उक्त कोषको आकार ३४ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको पौष मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आवको पौष मसान्तसम्म उक्त कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी रेसियो भने स्थिर रहेको छ । हाल सोल्भेन्सी रेसियो १.४६ गुणा रहेको छ ।
चालु आवको ६ महिनामा कम्पनीले करिब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १३ करोड २९ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले १ लाख १७ हजार ६४६ वटा पोलिसि बिक्री गरेको छ । गत आवको सोही अवधिमा १ लाख ४३ हजार ५२२ वटा बिक्री गरेको थियो । हालसम्म कम्पनीले २३ अर्ब ७९ करोड १६ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो लगानी १९ अर्ब ४५ करोड ३० लाख रुपैयाँ थियो ।
हाल कम्पनीको प्रति शेयर आम्दानी ११.९३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१२ गुण, प्रति शेयर नेटवर्थ ११०.५७ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ५५१.८० रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज