काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष अमृत लम्साललाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा लम्सालले शपथ ग्रहण गरेका हुन्।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशकसमेत रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा तोकेको हो।
शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
आर्थिकन्यूज