काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो। उक्त सेयर निष्कासनबाट कम्पनीले २० करोड ८० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
कम्पनीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति पाएको जनाएको छ।
आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीले छिट्टै सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
आर्थिकन्यूज