शीर्षकहरू

वीरगञ्जमा लेपमोटरको नयाँ शोरूम उद्घाटन, ‘मेगा एक्सचेन्ज क्याम्प’ सुरु

वीरगञ्जमा लेपमोटरको नयाँ शोरूम उद्घाटन, ‘मेगा एक्सचेन्ज क्याम्प’ सुरु

वीरगञ्ज।वीरगञ्जस्थित लेपमोटरको अधिकृत डिलर ब्लेजवेल एक्जिम प्रा.लि.ले आदर्शनगरमा आफ्नो नयाँ शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। फागुन ३० (फेब्रुअरी १२) मा आयोजित उद्घाटन कार्यक्रममा विशेष अतिथि, सञ्चारकर्मी तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो कदमले प्रदेशमा लेपमोटरका विद्युतीय सवारीसाधनको पहुँच विस्तारमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ। नेपालमा लेपमोटरका सवारीहरू शाङ्ग्रिला मोटर्स प्रा.लि.ले आधिकारिक रूपमा वितरण गर्दै आएको छ।

नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्ससम्बन्धी सम्पूर्ण सुविधा एउटै छानामुनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकहरूले लेपमोटरको विद्युतीय सवारी प्रविधिबारे विस्तृत जानकारी तथा परामर्श प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ, जसले विद्युतीय मोबिलिटीबारे बुझ्न र अपनाउन सहज बनाउने लक्ष्य राखिएको छ।

शोरूम उद्घाटनसँगै कम्पनीले स्वच्छ ऊर्जामैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले “Leapmotor Xchange with the Best” नामक विशेष एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। उक्त दुईदिने क्याम्प फागुन १ र २ (फेब्रुअरी १३ र १४) मा आदर्शनगरस्थित पुरानो बसपार्कमा सञ्चालन भइरहेको छ।

क्याम्पअन्तर्गत ग्राहकहरूले परम्परागत इन्धनबाट चल्ने सवारीलाई लेपमोटरका विद्युतीय सवारीसँग साटफेर गर्न आकर्षक अवसर पाउनेछन्। नगद छुट, पुराना सवारीमा उच्च मूल्यांकन, निःशुल्क एसेसरिज जस्ता विशेष सुविधासहित सहज स्वामित्व प्रक्रिया उपलब्ध गराइएको छ। साथै, शाङ्ग्रिला मोटर्सले क्याम्प अवधिभर रोड ट्याक्स र सवारी दर्ता सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ।

ईभी चार्जिङसम्बन्धी चिन्तालाई सम्बोधन गर्न कम्पनीले प्रत्येक खरिदमा पूर्ण चार्जिङ समाधान पनि उपलब्ध गराउने घोषणा गरेको छ। यसअन्तर्गत ७ किलोवाट क्षमताको होम चार्जरसँगै २.२ किलोवाटको पोर्टेबल चार्जर निःशुल्क उपलब्ध हुनेछ, जसले घरमै तथा यात्राका क्रममा सहज रूपमा चार्ज गर्न सहयोग पुर्‍याउनेछ।

गोल्छा अर्गनाइजेसनअन्तर्गत सञ्चालित शाङ्ग्रिला मोटर्स प्रा.लि.ले दीर्घकालीन मूल्य र ग्राहक सहजतालाई केन्द्रमा राख्दै नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको जनाएको छ। वीरगञ्जमा लेपमोटर शोरूमको उद्घाटन तथा एक्सचेन्ज क्याम्प सञ्चालनले देशभर विद्युतीय सवारीलाई थप पहुँचयोग्य बनाउने कम्पनीको प्रतिबद्धता झल्काएको छ।

कम्पनीले सीमित अवधिका उद्घाटन अफरहरूको लाभ लिन तथा लेपमोटरका विभिन्न मोडल अवलोकन गर्न ग्राहकहरूलाई पुरानो बसपार्क, आदर्शनगरस्थित एक्सचेन्ज क्याम्पमा सहभागी हुन आग्रह गरेको छ।