काठमाडौं । होटल फरेष्ट इनकाेले निष्काशन गरेकाे आईपीओ बाँडफाँड मिति तय भएकाे छ । फागुन ४ गते साेमबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएकाे छ ।
कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियाे । उक्त आईपीओमा आवेदन दिने अन्तिम दिन माघ २६ गतेसम्म ८.६४ गुणा बढी आवेदन परेकाे हाे । जहाँ २५ लाख ४६ हजार ३४० जनाले २ कराेड ८६ लाख ९९ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
सर्वसाधारणका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरिएको हो।
आर्थिकन्यूज