काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो। उक्त निर्णय नियामक स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउनेछ।
यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि भने बैंकले कुनै पनि आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन।
हाल बैंक ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको जनाएको छ। पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै बैंकले लाभांश रोकेको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज