काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आगामी कारोबारको दिन उक्त शेयर कारोबार हुनेछ । आइतबार महाशिव रात्रिको अवसरमा सार्वजनिक विदा रहेको छ ।
आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको शेयर सिम्बल RSML रहेको छ।
आर्थिकन्यूज