काठमाण्डौं। ओपल सेक्युरिटिज (ब्रोकर नं. ४) ले डिजीहबले ल्याएको अत्याधुनिक एयर ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आफ्नो कारोबार जोडेको छ।
यसअघि नेप्से अन्तर्गतको टिएमएसमा सञ्चालन गरिरहेको ओपल सेक्युरिटिजले आफ्नो पुरानो सम्झौता रद्द गरी ग्राहकहरुलाई डिजीहबको टिएमएस अन्तर्गत कारोबार गराउन सुरु गरेको हो।
एयर ट्रेडको नयाँ टिएमएस मार्फत लगानीकर्ताले वेव, मोबाइल एप र डेस्कटप भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन्। यसमा पोर्टफोलियोलाईभ डाटा, अर्डर बास्केट, मल्टि–युजर लगिन, रियल–टाइम अलर्ट, मार्केट डेप्थ हेर्ने सुविधा र अन्य अपरेशनल फिचरहरू समावेश छन्।
टिएमएसले पारदर्शिता, प्रणाली सुरक्षा र डाटाको गोपनियतालाई उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ। यस नयाँ प्रणालीमार्फत लगानीकर्ताले शेयर खरिद–विक्रीपछि आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल–टाइममा हेर्न, अर्डर छिटो राख्न र लिंक एण्ड डक तथा मल्टि–विन्डो फिचर प्रयोग गर्न सक्नेछन्।
ओपल सेक्युरिटिजका अनुसार नयाँ टिएमएसले लगानीकर्तालाई सजिलो, छरितो र सुरक्षित कारोबार अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
आर्थिकन्यूज