शीर्षकहरू

गरिमा सेक्युरिटिज एयर ट्रेडमा जोडियो, नयाँ टिएमएसमार्फत शेयर कारोबार सुरु

गरिमा सेक्युरिटिज एयर ट्रेडमा जोडियो, नयाँ टिएमएसमार्फत शेयर कारोबार सुरु

काठमाण्डौं। गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८) ले डिजीहबको एयर ट्रेड  म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आफ्नो कारोबार जोडेको छ।

यसअघि नेप्से अन्तर्गत सञ्चालन भइरहेको टिएमएसमा आधारित गरिमा सेक्युरिटिजले पुरानो सम्झौता रद्द गरी ग्राहकहरुलाई डिजीहबको टिएमएसमा कारोबार गराइरहेको छ।

नयाँ टिएमएसमार्फत लगानीकर्ताले मोबाइल, वेब र डेस्कटप भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन्। यसमा पोर्टफोलियोलाईभ डाटा, अर्डर बास्केट, मल्टि–युजर लगिन, रियल–टाइम अलर्ट, मार्केट डेप्थ हेर्ने सुविधा र अन्य अपरेशनल फिचरहरू उपलब्ध छन्।

टिएमएसले पारदर्शिता, प्रणाली सुरक्षा र डाटाको गोपनियतालाई उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ। यस प्रणालीमार्फत लगानीकर्ताले शेयर खरिद–विक्रीपछि आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल–टाइममा हेर्न, अर्डर छिटो राख्न र मल्टि–विन्डो फिचर तथा लिंक एण्ड डक फिचर प्रयोग गर्न सक्नेछन्।

गरिमा सेक्युरिटिजका अनुसार नयाँ टिएमएसले लगानीकर्तालाई सहज, छरितो र सुरक्षित कारोबार अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।