काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर ले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीको प्रस्ताव अनुमोदन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर बिक्री गर्ने योजना बनाएको छ। यस आइपीओ मार्फत कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत शेयर बिक्री गर्नेछ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ। यस आइपीओको बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल नियुक्त गरिएको छ।
आर्थिकन्यूज