शीर्षकहरू

मनोहरा जग्गा एकीकरण आयोजना विरुद्ध उत्रिए पीडित, आन्दोलन चर्काउने

मनोहरा जग्गा एकीकरण आयोजना विरुद्ध उत्रिए पीडित, आन्दोलन चर्काउने

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना निर्णय भएको २४ बर्ष वित्नलाग्दा पनि आयोजना सम्पन्न नभएकोप्रति सरोकारवाला एवम प्रभावितहरुले विरोध जनाएका छन् ।

शुक्रबार लोकन्थलीस्थित मनोहरा जग्गा एकीकरण आयोजना अगाडि भेला भएका सरोकारवाला एवम प्रभावितहरुले सरकारी ढिलासुस्तीको विरोध गरेका हुन् । मध्यपुरथिमीस्थित दिश्वेश्वरी मनोहरनगर समाजले आयोजना प्रमुख र कर्मचारीतन्त्रको तत्परताको अभावमा काम ढिलासुस्ती भएको जनाएको छ ।

समाजका अध्यक्ष उमानाथ रिजालले आयोजनाको कर्मचारीहरुले अकर्मन्यता, ढिलासुस्ती र कर्तव्यमुख काम गरिरहेकाले त्यसलाई व्यवस्थत तरिकाले काम गर्न दबाब बढाउन आन्दोलनमा जानुपर्ने बताए । उनले आयोजना समिति र पालिकाले गरेको निर्णय समेत कार्यान्वयनमा नआएको बताए ।

उनले भने, ‘आयोजनाका कर्मचारीहरुले अर्कमण्यता, ढिलासुस्ती र कर्तव्य विमुख हुँदा अब व्यवस्थित तरिकाले काम गर्न माग राख्दै आन्दोलनमा जान वाध्य भएका हौं । आयोजना समिति र नगरपालिकाले गरेको निर्णय समेत कार्यान्वयनमा आएको छैन् । हामी कुनै अराजकता गर्न नभइ समयमै काम होस भनेर आएका हौं ।’

दिब्येश्वरी मनोहरनगर समाज उपभोक्ता समिति सचिव चन्द्रकला खरेलले वषैदेखि सुरु भएको आयोजना अहिलेसम्म पनि व्यवस्थित हुन नसकेको बताइन् । उनले काठमाडौ नजिकैको ठाउँमा अव्यवस्थित तरिकाले सामानहरु राख्ने गरेको बताइन् ।

‘बाटोमा अव्यवस्थित पार्किङ्ग गरेको, खानेपानीको सुबिधा नभएको, ग्यारेज राखेर बाटो फोहोर गरिएको छ,’उनले भनिन् ‘पटक पटक कुरा राख्दा आयोजना प्रमुखले कुरा नसुनेपछि संघर्षमा उत्रिएका हौं । माग पूरा नभएसम्म संघर्षमै हुनेछौं ।’

उपभोक्ताहरुलाई विद्युत, बाटोको समस्या रहेको उनले जानकारी दिइन् । उनले काठमाडौ नजिकैको ठाउँमा अव्यवस्थित तरिकाले सामानहरु राख्ने गरेको बताइन् ।

अर्का पीडित राजेन्द्र कोइरालाले अधिग्रहरण गर्ने भनेर जग्गा लिएर केही काम नभएको बताए । उपभोक्ताले सहयोग गर्नुपर्छ, जग्गा एकीकरण गर्नुपर्छ, सहरीकरण गर्नुपर्छ भनेर सहयोग गर्दा पनि काम नभएको बताए ।

यसैगरी, अर्का पीडित मन्जु सिलवालले पनि बाटो, बिजुली, खानेपानीको अहिलेसम्म आयोजनाले व्यवस्थित नगरेकाले र जग्गा धनीले जग्गा फिर्ता माग्दा पनि अनेका बहान बनाइरहेको बताइन् ।

समाजले विज्ञप्ति समेत जारी गर्दै आयोजनाको प्रवेश मार्गमा रहेको टहरा ११ मिटर बाटो र खोलामा रहेकाले त्यसलाई भत्काएर सडक खुल्ला गर्ने काम नभएको, सडक अव्यवस्थित भएको, गाडीहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएको, खानेपानी र विजुलीको स्थायी जडानका लागि वारम्बार पहल गर्दा पनि काम नभएको, आयोजनाको उत्तरतर्फको बाँकी काम अधुरै रहेको, खुला क्षेत्रको काम नभएको, आयोजनाको आयव्यय विवरण सार्वजनिक नभएको जनाइएको छ ।

null