शीर्षकहरू

चन्द्रागिरीमा महाशिवरात्रि भजन उत्सव

चन्द्रागिरीमा महाशिवरात्रि भजन उत्सव

काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि विशेष भजन उत्सव चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ। आइतवार महाशिवरात्रिको अवसरमा दिनभरि भजन कार्यक्रम सञ्चालन हुनेछ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म उत्तम बराल र जुपिटर पौडेलसहितको युवा भजन समूहले विशेष प्रस्तुति दिनेछन्। सहभागीहरूले भजन गाउने तथा श्रवण गर्ने अवसर पाउनेछन्, जसले आध्यात्मिक अनुभवलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ। साँझ शिव धुनीसँगै महाआरती पनि आयोजना हुनेछ।

भक्तजनहरूको सुविधा ध्यानमा राख्दै चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। साथै, केबलकार सेवा साँझ ८ बजेसम्म सञ्चालनमा रहनेछ।

भालेश्वर महादेवको धार्मिक–सांस्कृतिक महिमा र पहिचानलाई अझ सुदृढ बनाउन आयोजित यस उत्सवमा श्रद्धालु भक्तजन र भजनप्रेमीहरूले महाशिवरात्रिको अलौकिक आनन्द लिन सक्नेछन्। चन्द्रागिरि हिल्सले यस अवसरलाई भजन संगीत, आध्यात्मिक ऊर्जा र दर्शनसँग जोडेर विशेष बनाउन आग्रह गरेको छ।