शीर्षकहरू

रविले सार्वजनिक गरे नागरिक करारपत्र : भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनामा जोड

रविले सार्वजनिक गरे नागरिक करारपत्र : भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनामा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् । लामिछानेले आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै करारपत्र सार्वजनिक गरेका हुन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र सार्वजनिक गर्दै भनेका छन्, “चुनावमा वाचा धेरैले गरेका छन्, तर पूरा नभएको परिणाम जनताले भोग्नुपरेको छ। हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ।”

करारपत्रमा रास्वपाले राज्य संरचनाको दलीय दोहन, प्रक्रिया–केन्द्रित भ्रष्टाचार र लाइसेन्स राज अन्त्य गर्दै सरकारी सेवाहरूको डिजिटल डेलीभरी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। न्यून प्रति व्यक्ति आय ३००० डलर पुग्ने गरी कुल गार्हस्थ उत्पादन १०० अर्ब डलर पुर्याउने लक्ष्यसहित गुणस्तरीय स्वास्थ्य सेवा र सार्वजनिक शिक्षामा सुधार गर्ने योजना पनि उल्लेख छ।

पत्रमा जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा सुनिश्चित गर्ने, आधुनिक बैंकिङ तथा वित्तीय सेवामा सबै नागरिकको पहुँच पु¥याउने, र आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग तथा सेवा क्षेत्रमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

रास्वपाले भ्रष्टाचार विरोधी महाअभियान, सम्पत्ति छानबिनका लागि उच्च आयोग गठन र राज्य संरचनामा पारदर्शिता ल्याउने उद्देश्य राखेको छ। यस करारमार्फत पार्टीले नागरिकसँग प्रतिज्ञा गर्दै विश्वसनीय र सदाचारी शासनको सुनिश्चितता गर्ने दाबी गरेको छ।

null