काठमाडौं। कृषि विकास बैंकले शाखा प्रमुख, व्यवसाय अधिकृत र लेखापालसमेतका पदमा कुल २४२ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार ४, ६ र ८ तहका पदमा आवेदन दिन सकिनेछ।
४ तहका पदका लागि उम्मेदवारको उमेर १८–३५ वर्ष, ६ तहका लागि २१–३५ वर्ष र ८ तहका लागि २१–४५ वर्ष हुनु पर्ने छ। ६ र ८ तहका पदका लागि परीक्षा दस्तुर एक हजार रुपैयाँ, समावेशीतर्फ प्रति समूह पाँच सय रुपैयाँ लाग्नेछ भने ४ तहका लागि परीक्षा दस्तुर आठ सय रुपैयाँ, समावेशीतर्फ प्रति समूह चार सय रुपैयाँ निर्धारण गरिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर आवेदन गर्ने अन्तिम मिति फागुन २८ गते तोकिएको छ।

आर्थिकन्यूज